सैनामैनामा एकजनाको शव भेटियो, हत्याको आशंका - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

सैनामैनामा एकजनाको शव भेटियो, हत्याको आशंका



बुटवल- रुपन्देहीको सैनामैनामा एकजनाको शव फेला परेको छ । शवको प्रकृति हेर्दा हत्या भएको आशंका गरिएको छ ।

सैनामैना–१, रानीकुवा बस्ने अन्दाजी ४३ वर्षीय दिलबहादुर विक खेतमा मृत फेला परेका प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जनाए।

उनी मंगलबार साँझ ७ बजेतिर घर बाहिर घुम्न निस्केका थिए। उनको आँखा फुटेको र टाउकोमा चोटपटक देखिएकोले हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ।