सैनामैना महोत्सवले बौद्धकालिन सभ्यता झल्काउने - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

सैनामैना महोत्सवले बौद्धकालिन सभ्यता झल्काउने



नरेश चौधरी/सैनामैना

रुपन्देहीको सैनामैनामा लाग्ने महोत्सवले बौद्धकालिन सभ्यतालाई झल्काउने भएको छ । सैनामैनामा बौद्धकालिन सभ्यतासंग जोडिएको ठुलो राजा कुवा, रानी कुवा, ऐतिहासिक स्थल सैनामैना १ बनकट्टामा रहेको छ ।

उक्त ठाउँमा अहिले बौद्धकालिन सम्पदा र स्थलहरू रहेका छन् । बौद्धकालिन सम्पदा र स्थल संरक्षणका लागि संग्रहालय निर्माण गर्न नगरपालिकाले पहल गरेको छ ।

सोहि कुरालाई मध्यनजर गर्दै महोत्सवमा लुम्बिनी र सैनामैनासंग जोडिएर रहेको बौद्धकालिन सभ्यता तथा ऐतिहासिक स्थलहरुको प्रर्वद्धनका लागि बौद्धकालिन सभ्यताको पार्क निर्माण गरिने आयोजकको भनाई छ ।

महोत्सवले सैनामैनामा रहेको बोलबम धाम, मलमला मन्दिर, थारु जातिको विशेषता झल्काउने थारु होमस्टे, बाटो, बस्ती विभिन्न जातीका संस्कृती भेषभूषा लागएतको प्रवद्र्धन गर्ने संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक राजबहादुर क्षेत्रीले बताए ।

मेलामा २२० वटा स्टल रहने आयोजकले जानेका छन् । यस पटकको महोत्सबमा करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र ५ करोड बराबरको करोबार गर्ने लक्ष्य रहेको सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष क्षेत्रीको भनाई छ ।

“आर्थिक विकासका राष्ट्रिय आधार, कृषि पर्यटन उद्योग र व्यापार ” भन्ने मुल नाराका साथ चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औधोगिक व्यापार महोत्सव यही पौष २४ गते देखि माघ ६ गते सम्म सैनामैना ४ मुर्गिया स्थित निर्माणाधिन बहुउद्देश्यीय रंगशालामा संचालन हुनेछ ।