सैनामैना जेसिजद्धारा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
अनिता चौधरी , सैनामैना । सैनामैना जेसिजले विगतका वर्षहरु विभिन्न सामाजिक कार्य बहन गर्दै उदहरणीय कार्य गर्दै आइरहेको हुनले त्यसैलाई निरन्तरता दिदैे आज निः शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।
सैनामैना जेसिजको आयोजना तथा देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा आज १ दिने बृहत निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
सैनामैना ७ देउवापारस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा बिहान ८ बजे देखि सुरु भएको शिविरमा १६५ जना स्थानीय नगरवासीहरुले बाल रोग विशेषज्ञ डाक्टर अनिता लामिछाने, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर विक्राम ज्ञवाली , स्त्री रोग , जनरल फिजिसियन विशेषज्ञ डाक्टर महेश घिमिरे लागयतका चिकित्सकहरुबाट चेकजा“च गराएका छन् ।
जसमध्ये छाला तथा यौन रोग सम्बन्धी ४० जना,५२ जनाले जनरल फिजिसीयन रोग ,३८ जनाले स्त्री रोग तथा बाल रोग सम्बन्धी ३५ जनाले जेकजाँच गराएका हुन भने १३५ जनालाई निशुल्क औषधी वितरण गरिएको लगभग अस्सी हजार बराबरको औषधी जेसि रामचन्द्र ढकालले व्यवस्थापन गरेका अध्यक्ष विमल ज्ञवालीले जानकारी दिनुभएको छ । सैनामैना जेसिज वर्ष २०१८ का अध्यक्ष विमल ज्ञवालीको अध्यक्षतामा पूर्व अर्थराज्य मन्त्री एवम् वर्तमान् प्रतिनिधि सभा सदस्य भरत कुमार शाहा प्रमुख आतिथिको रुपमा रहनुभएका शाहले अठार वर्षदेखि चालिस वर्षका युवाहरु इसरी समाजका लागि उदाहरणिग काम गदैै जानु आफैमा आतुलानिय रहेको र युवाहरुलाई जेसिजले नेतृत्व र व्यतिmत्व विकासमा ठुलो सहयोग गरेको कुरा बताउनु भएको हो ।
त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपासभापति फडिन्द्र शर्मा, नेकपा एमालेका सैनाम्ैना संयोजक खुशीराम चौधरी ,सैनामैना जेसिजका संस्थापक अध्यक्ष राप्रसाद अधिकारी, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्री ,सैनामैना व्यापार संघका अध्यक्ष जीवनाथ न्यौपाने,सरस्वाति माध्यमिक विद्यालयका अध्यक्ष लागयतको आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका इ.भी.पी दिपक ज्ञवालीको स्वगत मनतव्य कार्यक्रम संयोजक प्रकाश पौडेलको धन्यवाद मन्तव्य तथा संस्थाका महासिचव सुभाष पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।