सैनामैना मेयरकप नकाउट फुटबल: १˗० ले सुनौलो शान्ति युवा क्लब कञ्चन थन्कीयो - Himal Post Himal Post
  • २४ मंसिर २०८१, सोमबार
  •      Mon Dec 9 2024
Logo

सैनामैना मेयरकप नकाउट फुटबल: १˗० ले सुनौलो शान्ति युवा क्लब कञ्चन थन्कीयो



सुरेश परियार
प्रथम सैनामैना मेयरकप नकाउट फुटबल प्रतियोगिताको आजको उद्धघाटन खेलमा १–०ले डी.वाई.सी कोटियामाई भैरहवाले विजयीको सुरुवात गरेको छ ।

सुनौलो शान्ति युवा क्लब कञ्चन र डी.वाई.सी कोटियामाई भैरहवा बिच भएको पहिलो खेलमा ५२ औ मिनेटमा डी.वाई.सिका खेलाडी जर्सी नम्बर २५ लगाएका रमेश कार्कीले १ गोल गर्दै आफ्नो टिमलाई आग्रता दिलाउन सफल भएका हुन् भने सुनौलो शान्ति युवा क्लबका खेलाडीले गोल फर्काउन सकेनन् ।यस्तै आजको म्यान अफ द म्याच डी.वाई.सिका खेलाडी यम क्षेत्री घोषित भएका छन् ।

यसै गरी भोलि विश्व शान्ति युवा क्लब सालझण्डी र फर्साटिकर एफसी फर्साटिकार बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

सरस्वती माविको खेलमैदानमा सञ्चालित भएको उद्धघाटन कार्यक्रम जनप्रिय स्पोटिङ युवा क्लबको अध्यक्ष किशोर रानाको अध्यक्षता,सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुुरुङको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।सोही अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा सैनामैना नगर प्रमुख चित्र बहादुर कार्कीले सैनामैना खेलकुद सम्भावना प्रवल रहेको भन्दै यस क्षेत्रको विकासमा आफू सदैव तल्लीन रहने बताउन्ुभयो ।

कार्कीले खेल सञ्चालन भएको खेलमैदानलाई थप व्यवस्थापन गरी खेलाडी र खेलअवलोकनकर्ताहरुले सहज रूपमा खेल्न र हेर्न पाउने वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।खेलकुद क्षेत्रको माध्यमबाट देशको गरिमा अन्तर्राष्ट्रिय जगतमा उच्च रहने भन्दै यसको विकासमा सबै लागी पर्नुपर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुुरुङ बताउनुभएको छ ।खेलकुदको विकासका लागी आवश्यक पर्ने सहयोग जिल्ला खेलकुद विकासले गर्र्नेे गुरुङले आश्वासन दिनुभयो ।

यस्तै स्थानीय क्षेत्रमा रहेका खेलाडीको प्रतिभालाई प्रस्फोटन गराउने एवं समग्र फुटबल खेललाई माथि उठाउने अभिप्रायले फुटबल प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष किशोर रानाले बताउनुभयो । ग्रामीण क्षेत्रमा रहेका खेलाडीहरूले ठुलो प्रतियोगितामा खेल्न पाउँदा उनीहरूको क्षमता विकास हुने र उनीहरूले राष्ट्रिय स्तरमा पनि खेल्न पाउने अवसर सिर्जना हुने रानाले बताउनुभयो ।

रुपन्देही ,चितवन,नवलपरासी र कपिलबस्तु जिल्ला गरी १२ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुनेले १ लाख ५१ हजार शिल्ड,मेडल र प्रमाण पत्र,द्धितियले ८१ हजार शिल्ड,मेडल र प्रमाण पत्र,र सेमिफाइनल सम्म पुग्ने दुई टिमले २० हजारका दरले शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई१० हजार,अग्रपंतिमा,गोलरक्षक,मध्येपक्ति र रक्षापक्ति,बढी गोलकर्ता लाइ५हजार ५सय,म्यान अफ द म्याच हुनेलाई २० हजार नगद धनराशि तथा मेडल प्रमाण पत्रद्धारा सम्मान गरिने छ ।

कार्यक्रममा क्लबका सल्लाहकार यदुनाथ ज्ञवालीको स्वागत तथा सचिव रोमनाथ न्यौपानेको सञ्चालनलमा कार्यक्रम सम्पन्न भएको हो ।कला संस्कृतिको जगेर्ना गरौँ,खेलकुद क्षेत्रलाई सम्मान गरौँ भन्ने नाराको साथ जनप्रिय स्पोटिङ युवा क्लबको आयोजना तथा सैनामैना नगरपालिकाको संरक्षकमा आज देखी २९ गते सम्म प्रतियोगिता हुँदैछ ।