सैनामैनाको कानुन प्रधानमन्त्रीलाई हस्तान्तरण - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

सैनामैनाको कानुन प्रधानमन्त्रीलाई हस्तान्तरण



सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले स्थानीय कानुनको संगालो प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । नगरसभाबाट पारित विभिन्न १९ वटा ऐन, नियमावली, निर्दे्शिका, कार्यविधिको जानकारी नगरपालिकाले नेपाल सरकारलाई गराएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा १०२ को उपदफा ४ मा गाउँपालिका वा नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा बनाएका ऐन, नियम, निर्देशिका, कार्यविधि, मापदण्ड प्रदेश सरकार र नेपाल सरकारलाई पठाउनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारी सहितको टोलीले स्थानीय कानुनको एक प्रति प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको हो ।

स्थानीय कानुनको संगालो हस्तान्तरण गर्ने क्रममा प्रमुख कार्की सहित प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्रविज्ञ राजन भट्टराईलगायतको उपस्थिति रहेको थियो । त्यसक्रममा प्रधानमन्त्रीले लोकतन्त्र र मानवअधिकारको मर्मलाई कहिल्यै भुल्न नहुनेमा जोड दिए ।

नेपालको संविधान भाग १८ को स्थानीय व्यवस्थापिकाको अधिकार प्रयोग गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ उपदफा ९१० बमोजिम सैनामैना नगरपालिकाले नगरसभाबाट विभिन्न ऐन, नियमावली, निर्दे्शिका, कार्यविधि पारित गरेको थियो । राजपत्रमा प्रकाशित भएसँगै स्थानीय कानुन कार्यान्वयमा आउनेछन् ।