सर्वेन्द्रको २२ महिना र शैलेन्द्रको ४ वर्ष कार्यकाल - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

सर्वेन्द्रको २२ महिना र शैलेन्द्रको ४ वर्ष कार्यकाल



काठमाडौं– नेपाल प्रहरी र सशस्त्र प्रहरीले बुधबार नयाँ नेतृत्व पाएका छन्। नेपाल प्रहरीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीमा शैलेन्द्र खनाल आइजिपीमा नियुक्त भएका हुन्।

नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालले अहिलेकै प्रहरी नियमावली अनुसार २२ महिना संगठनको नेतृत्व सम्हाल्नेछन्। उनी २०४६ साल माघ २९ गते इन्सपेक्टर पदबाट प्रहरी सेवामा भर्ना भएका हुन्। प्रहरी नियमावलीमा ३० वर्षमा अनिवार्य अवकाशको प्रावधान छ। सो अनुसार २०७६ साल माघ २९ गतेसम्म उनी आइजिपी हुनेछन्।

सशस्त्र प्रहरीका महानिरीक्षकमा नियुक्त भएका शैलेन्द्र खनालले भने ४ वर्ष संगठन चलाउनेछन्। उनी २०४९ साल वैशाख १९ गते नेपाल प्रहरीमा इन्सपेक्टरबाट भर्ना भएका हुन्। उनी २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना हुँदा सशस्त्रमा स्थानान्तरण भएका थिए।