सैफ अली खानले गरे जेठी श्रीमतीले रुवाउनुसम्म रुवाएको खुलासा - Himal Post Himal Post
  • ८ कार्तिक २०८१, बिहीबार
  •      Thu Oct 24 2024
Logo

सैफ अली खानले गरे जेठी श्रीमतीले रुवाउनुसम्म रुवाएको खुलासा



एजेन्सी । बलिउड अभिनेता सैफ अली खानले सन् २००५ मा दिएको एक अन्तर्वार्तामा भाइरल भएको थियो । यस भिडियोमा उनले आफ्नी पुर्व श्रीमतीसँगको सम्बन्धबारे बोलेका थिए । सैफले आफ्नो पिडा पोख्दै उनले भनेका थिए,‘मलाई किन बारम्बार मेरो औकात देखाउन खोजिन्छ । असोभनिय व्यवहार देखि अपशब्दले भरिएका गालीहरु मैले सबै सहेको छु । अब भने म ठीक महसुस गर्दैछु ।’

यो अन्तर्वार्ता उनले अमृतासँग डिभोर्स भएको एक वर्षपछि दिएका थिए । उक्त अन्तर्वार्तामा भनेका छन्,‘म मेरो श्रीमतीसँगको स्पेसलाई सम्मान गर्छु । तर, मलाई बारम्बार किन यो सम्झाउन खोजिन्छ कि म कति भयानक पति हुँ । कति कठोर पिता ।’

‘मलाई मेरो छोरा इब्राहिमसँग भेट गर्न दिइदैन । उसको फोटो वालेटमा राखेर हिड्ने गरेको छु । छोरी साराको याद आउँदा उनीसँग कुरा गर्न पाउँदिन । हरेक पटक जब उनीहरुलाई तस्बिरमा देख्छु, तब रुने गरेको छु । उनीहरुलाई मेरो नजिक आउने मन्जुरी पनि दिइएको छैन । मेरो दोष यति थियो कि मेरो जीवनमा नयाँ महिलाको प्रवेश भएको थियो । बच्चाहरुलाई मेरो विपक्षमा भड्काउने काम किन भइरहेको छ ?’

‘यस्ता धेरै कुराहरु रहेका छन् जसले मलाई पिडा दिइरहेको छ । आज मेरो बच्चाहरु अमृताको मातापितासँग बसिरहेका छन् । अमृता सिरियल खेल्न थालेकी छिन् । उनीहरुलाई यस्तो गर्नु कुनै पनि जरुरत थिएन । म आफ्नो परिवारलाई सर्पोट गर्ने हैसियत राख्छु ।’

उनले डिभार्सको सेटलमेन्टबारे पनि मुख खोलेका थिए । उनले भनेका छन्,‘मैले अमृतालाई ५ करोड दिएको थियो । आपसी समझदारीमा मैले पहिला नै २.५ करोड दिइसकेको थिए । छोरा १८ वर्षको नभइन्जेलसम्म मैले प्रत्येक महिना १ लाख दिदै आइरहेको छु ।’

‘यो मैले सबै मेरो परिवारका लागि गरिरहेको हो । मेरो बंगला पनि मेरो बच्चाहरुका लागि नै हो । म दुई कोठे फ्लाटमा बस्दै आइरहेको छु । मेरो अन्तिम सास रहिन्जेलसम्म म उनीहरुलाई पैसा दिइरहन्छु । मैले अझै शान्ति महसुस गर्न सकेको छैन ।’

सैफ अली खानले सन् २०१२ मा करिना कपुरसँग विवाह गरेका थिए । उनीहरुको एक सन्तान टिमोर अली खान पनि रहेका छन् ।