शैक्षिक पाठ्यक्रममा परिवर्तन, कक्षा ११ र १२ को फ्याकल्टी हट्यो - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

शैक्षिक पाठ्यक्रममा परिवर्तन, कक्षा ११ र १२ को फ्याकल्टी हट्यो



काठमाडौं । सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गए सँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पना अनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेको आजको राजधानी दैनिकमा खबर छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्द्वारा पारित राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ अनुसार कक्षा ११ र १२ मा चार विषय अनिवार्य गरिएको छ भने कक्षा ११ र १२ लाई एकल पथीय बनाइएको छ । यो सँगै अब ११ र १२ कक्षामा संकाय प्रणाली हटाइएको छ ।

अब ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीले यस अघिको विज्ञान संकायको कुनै एक विषय र मानविकी तथा शिक्षाको अन्य कुनै पनि विषय रोजेर अध्ययन गर्न सक्नेछन् ।

कक्षा ११ र १२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा गरी चार विषय अनिवार्य गरिएको छ । कक्षा १० को स्वास्थ्य तथा जनसंख्या विषय हटाइएको छ ।