'साहो'मा सलमान र प्रभास दुबै रहेको खुलासा - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

‘साहो’मा सलमान र प्रभास दुबै रहेको खुलासा



मुम्बई- चर्चित फिल्म ‘बाहुबली’का अभिनेता प्रभासको आगामी फिल्म ‘साहो’को चर्चा हुन थालेको छ। यो खबर अभिनेता सलमान खानका फ्यानहरुलाई पनि खुसी दिने खालको छ।

एक्सन ड्रामा बेसको प्रभासको यो फिल्ममा सलमान खानले पनि अभिनय गर्दैछन्। फिल्म निर्माताहरुले बलिउड फिल्मका हस्ति खानलाई अतिथि कलाकारको रुपमा प्रस्ताव गरेका छन्।

फिल्मको सुटिङ लगभग पूरा भइसकेको छ। फिल्मको लुक, पोस्टर र टिजरसमेत रिलिज गरिसकिएको छ। यदि सलमान अतिथि कलाकारका रुपमा फिल्ममा जोडिन माने भने उनको भागको सुटिङ गरि थप गरिनेछ।

सुत्रका अनुसार उक्त फिल्ममा निल नीतिन मुकेशले मुख्य भूमिका निभाउँदै छन्। उनी फिल्मको खलपात्रको रुपमा देखिने छन्। निलले नै निर्माताहरुलाई फिल्ममा सलमान खानलाई समावेस गर्न सुझाव दिएका थिए। निल सलमान खानको निकै नजिक रहेका बलिउड कलाकार मानिन्छन्। उनीहरुले ‘प्रेम रतन धन पायो’मा सँगै काम गरेका थिए। यस फिल्ममा पनि निलले खलनायकको भूमिका निभाएका थिए।

तर, साहोका लागि भने अहिलेसम्म सलमानले कुनै जवाफ दिएका छैनन्।

मंगलबार प्रभासले फिल्मको नयाँ लुक पोस्ष्टटर सार्वजनिक गरे। साहो सिनेमाघरमा १५ अगस्टमा रिलिज हुँदैछ। साहोको निर्देशन सुजितले गरेका छन्। फिल्ममा प्रभासबाहेक श्रद्धा कपुर, मन्दिरा बेदी, निल नितिन मुकेश, जैकी श्राफ, महेश मान्जरेकर, चन्की पाण्डे मुख्य कलाकारको रुपमा रहेका छन्।

साहो हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुँदैछ। अहिले सलमान आफ्नो फिल्म ‘भारत’को प्रमोसनमा व्यस्त रहेका छन्।