शहिद गोविन्द गौतमको स्मृतिमा रक्तदान कार्यक्रमको आयोजना - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

शहिद गोविन्द गौतमको स्मृतिमा रक्तदान कार्यक्रमको आयोजना



पुनर्वास,कञ्चनपुर । पुनर्वास नगरपालिका – ११ मा फाल्गुन २६ गते (आइतबार) शहिद गोविन्द गौतमको स्मृतिमा रक्तदान एकदिने कार्यक्रमको आयोजना गरिएको छ ।

स्थानीय लालझाडी युवा क्लब ११ को आयोजनामा शहिद गोविन्द गौतमको तेस्रो स्मृति दिवसका अवसरमा क्लबले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको क्लबका अध्यक्ष कासीबोहराले जानकारी गराउनु भएको छ । क्लबले गतबर्ष पनि शहिद गौतमको स्मृतिमा पेनाल्टी सुटआउट प्रतियोगिता गरेको थियो ।

पुनर्वास नगरपालिका वडा नम्बर ११ को राष्ट्रिय माध्यमिक विद्यालयमा आइतबार विहान ११ बजे देखि रक्तदान कार्यक्रम सुरु हुने क्लबका उपाध्यक्ष तुलसी अर्यालले जानकारी गराउनु भएको छ । उहाँले शहिदको सम्मान र रगत नपाएरै मर्नुपर्ने विरामीको सहयोगका निम्ति रक्तदान गन योग्य सबैले रक्तदान गर्न आग्रह गर्नुभयो ।

शहिद गोविन्द गौतमको स्मृति दिवस पुनर्वास नगरपालिकाले नगरपालिकाको सभाहलमा एक कार्यक्रम गरि मनाउने भएको छ । २०७३ साल फाल्गुन २६ गते पुनर्वास वडा नम्बर ४ को आनन्दबजारमा भारतीय एसएसबीको गोलि लागि स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो ।