सिटी अफ ड्रिम मकाउमा कार्यरत नेपालीले गरे मृतक तिमल्सिनाको परिवारलाई २ लाख सहयोग। - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सिटी अफ ड्रिम मकाउमा कार्यरत नेपालीले गरे मृतक तिमल्सिनाको परिवारलाई २ लाख सहयोग।



कर्ण अधिकारी मकाऊ।

विगत ७ वर्ष देखि मकाऊ ग्यालेक्सी कम्पनीमा कार्यरत रहनु भएका स्थायी घर पर्वत र हाल परिवारको बसोबास काठमाण्डौमा भएका वर्ष ४७ को खिम नारायण तिमल्सिनाको ड्युटीका क्रममा मिति २०१८/७/२१ तारिखका दिन बिहान ९ बजे प्रेसर र इन्टरनल बिलिड़ीङका कारण असामयिक निधन भएकोमा उहाँको निधन प्रति सिटी अफ ड्रिम क्यासिनो र स्टुडियो सिटी क्यासिनोमा कार्यरत नेपाली सेक्युरिटी परिवारले दु:ख व्यक्त गर्दै मृतकका परिवारलाई केही आर्थिक सहयोग गरौँ भन्ने उद्देश्य राखेर गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् मकाउले पठाएको पत्रलाई आधार मान्दै सिटी अफ ड्रिम क्यासिनो र स्टुडियो सिटी क्यासिनो कार्यरत रहेका नेपालीहरूबाट रकम सङ्कलन गरेर सिटी अफ ड्रिमको तर्फबाट मोप ८०२७ अर्थात् नेरू.१ लाख १० हजार ४२५ रुपैयाँ र स्टुडियो सिटी क्यासिनोबाट मोप ७२५० र एचकेडी ५०० अर्थात् ने रु १ लाख ६ हजार ८  सय ४५  रुपैयाँ गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय आईसीसी सदस्य मुकेश बरूवाल र गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् मकाउका उपाध्यक्ष मङ्गल राईलाई गैर आवासीय नेपाली सङ्घ एसिया प्यासेफिकका आर्थिक स्थायित्व समितिका सह संयोजक अम्बर जोशी र स्टुडियो सिटी क्यासिनोमा कार्यरत समाजसेवी एवं खेलाडी शङ्कर धमलाले हस्तान्तरण गरेका थिए।

विगतका देखि नै सिटीअफ ड्रिम र स्टुडियो सिटी क्यासिनोमा कार्यरत रहेका नेपालीहरूले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई दु:ख पर्दा सहयोग गर्दै आएको छ।भूकम्प पीडित,पहिरो पीडित देखि मकाउमा मृत्यु भएका नेपालीहरूको परिवारलाई आर्थिक सहयोग गर्दै आएको छ।यस्ता समस्या परेका नेपालीहरूलाई सहयोग गर्नु हाम्रो कर्तव्य र धर्म भन्छन् सिटी अफ ड्रिम क्यासिनोमा कार्यरत अम्बिर जोशी र शङ्कर धमला।आउँदा दिनहरूमा पनि यसरी नै सहयोग गर्ने प्रतिबद्धता जाहेर समेत गरेका छन्।