मुटु रोग पिडित बालिकालाई एक दिनको खाजा रकम प्रदान - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

मुटु रोग पिडित बालिकालाई एक दिनको खाजा रकम प्रदान



ललित पाण्डेय
सैनामैना । रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नं. २ गोपालपुर बस्ने १४ वर्षिय बालिका रिमा थारुको मुटुमा समस्या परेपछि उपचारको लागि परिवाजनले सहयोगको याचन गरेका छन् ।

ख–बनगाई मावि कक्षा ९ मा पढ्ने थारुको परिवारको आर्थिक अवस्था निकै न्युन रहँदा उपचारमा समस्या परेको हो । बुबाको २ वर्ष अगाडि क्यान्सर रोगबाट मुत्यु भएको पछि उनकी आमा रिता थारुले मजदुरीबाट परिवार धानिएको छ ।

आर्थिक अवस्था कमजोर रहेको परिवारमा एक्कासी छोरी रिमालाई मुटुको समस्या परेपछि कसरी उपचार गर्ने भन्ने विषयमा छटपट्टी भएको आमा रिताले बताईन् । उनले भनिन् श्रीमानको मृत्यु पछि जनतन मजदुरी गरेर परिवारमा दुई छाक खान पुगेको छ । अब छोरीको मुटुको भल्बको अपरेशन गर्नु पर्छ भनेको छ डाक्टरले , ७ गते अस्पतालले अपरेशनको लागि बोलाएको छ , काठमान्डौ सम्म जाने गाडी भाँडा पनि छैन् घरमा ।

एक्कासी रिता मंसिर १३ गते बेहोश भएपछि उनलाई लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको लागि लगिएको थियो । त्यँहा उपचार हुन नसकेपछि उनलाई गौतम बुद्ध मुटु अस्पताल बुटवलमा लगियो त्यँहा पनि उपचार सम्भव नभएपछि गंगालाल अस्पताल काठमान्डौमा लगेपछि रिमालाई मुटुको अपरेशन गर्नु पर्ने डाक्टरले बताएको उनकी आमा गिता थारुले बताईन् । सम्पत्तीको नाममा कच्ची घर रहेको परिवारको अहिले मजदुरीको भरमा खान र लाउन पुगेकोले उपचारको लागि सहयोग गरिदिन उनले सबैमा याचना गर्दै ९८२१४६३४८९ मा सम्र्पक गरिदिन अनुरोध समेत गरिन ।

रिमाको परिवारको आर्थिक अवस्था कमजोर भएपछि उनले अध्ययन गर्ने ख–बनगाई माविले पनि अन्य छिमेकी विद्यालय सँग सहयोग याचान गरि सहयोग जुटाउन सुरु गरेको विद्यालयका प्रधानध्यापक गोकुलराज घिमिरेले बताए । विद्यालयका विद्यार्थी , शिक्षकबाट ६ हजार ६ सय रकम उनको परिवारलाई सहयोग गरेको उनले बताए ।

शुद्धोदन गाउँपालिका वडा नं. १ मा रहेको शिशै माविमा पढ्ने विद्यार्थी , शिक्षक तथा कर्मचारी , इको क्लबले एक दिनको खाजाको पैसा उठाएर उनलाई सहयोग समेत गरेका छन् । मंगलबार उनको घरमा नै पुगेर शिक्षक राम कुमार यादव, माधव ज्ञवाली, जुरेस अध्यक्ष रामप्रसाद वानिया, उपाध्यक्ष आशा कुन्जेडा क्षेत्री तथा इको क्लबका अध्यक्ष दिपमाला गुप्ता लगायतले रु १९ हजार ५ सय ४ रुपैया नगद पीडित परिवालाई प्रदान गरेका थिए ।