घोडाघोडी 'सहायता केन्द्र' स्थापना हुँदै,हिंसा पीडित राधा चौधरी सहसचिव - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

घोडाघोडी ‘सहायता केन्द्र’ स्थापना हुँदै,हिंसा पीडित राधा चौधरी सहसचिव



असहायलाई सहायता प्रदान गर्ने उदेश्यले कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी सहायता केन्द्र स्थापना हुने भएको छ ।नगर भित्रका युवा एकजुट भएर अनाथ,असहाय,अपाङ्ग,महिला,बालबालिका तथा वृद्ध वृद्धाहरूलाई सहायता प्रदान गर्ने उदेश्यले सहायता केन्द्रको स्थापना हुन लागेको बताइएको छ ।सहायता केन्द्र सँञ्चालनको लागी जीवन विष्ट अध्यक्ष रहने गरी ९ सदस्य सञ्चालक समिति गठन गरिएको छ ।जसको उपाध्यक्षमा डम्मरा कुँवर ,सचिव जनार्दन उपाध्याय ,कोषाध्यक्षमा दिपेश बोहरा,सह–सचिवमा राधा चौधरी,सदस्यमा क्रममा सुरेश परियार,राधा वनसन्यासी, प्रसान्त दशौदी,निर्मला पहराई चयन हुनु भएको छ ।

हिंसा पीडित राधा चौधरी सहसचिव ।

बोक्सी काण्डमा हिंसा पीडित राधा चौधरी घोडाघोडी सहायता केन्द्रको सह सचिव बन्नु भएको छ ।हिंसाका विरुद्ध खुल्लम खुल्ला लड्न समाज सेवा अङ्गालेको उहाँले बताउनु भयो ।समाजमा महिलामाथि हुने हिंसा बढ्दै गएको बताउँदै उहाँले हिंसा विरुद्ध अभियान चलाउन सहायता केन्द्र सँग जोडिएको उहाँको भनाई छ ।गाउँ घरमा विद्धमान महिला महिंसा,श्रम शोषण ,यौन हिंसाका विरुद्ध आफूले खुलेर आवाज उठाउने उहाँले बताउनु भयो ।राधा घोडाघोडी नगरपालिकाको सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत रहनु भएको छ ।

संस्था दर्ताको लागी नगरपालिका वाट सिफारिस ।

घोडाघोेडी सहायता केन्द्र दर्ताको लागी आजै नगरपालिकाबाट सिफारिस लगेको संस्थाका सचिव जनार्दन उपाध्यायले बताउनु भयो ।संस्था दर्ताको सबै तयारी पुराभएको बताउँदै उहाँले जिल्ला प्रशासन हुँदै समाज कल्याण मन्त्रालय सम्म छि¤ै संस्था दर्ता गरिने बताउनु भयो ।

दर्ता लगत्तै काम थालिने ।

घोडाघोडी सहायता केन्द्रका अध्यक्ष जीवन विष्टले संस्था दर्ता लगत्तै उद्देश्य अनुसार वृहत् रूपमा काम थाल्ने बताउनु भएको छ ।पत्रकार सँग संक्षिप्त कुराकानी गर्दै उहाँले संस्था दर्ता लगत्तै उप समिति र घोडाघोडी नगरपालिकाको १२ वटै वडामा वडा समिति गठन गरिने जानकारी दिनु भयो ।पहिलो चरणमा घोडाघोडी नगरपालिका भित्रका असहाय,अनाथ,अपाङ्गहरूको तथ्याङ्क सङ्कलन गरिने जानकारी दिनु भयो ।