जन्मदिनको अवसरमा नि:शुल्क स्वास्थ जाँच - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

जन्मदिनको अवसरमा नि:शुल्क स्वास्थ जाँच



विशाल पाण्डेय / घोडाघोडी ।
कैलालीको बर्दगोरियामा रहेको असहायका लागि सहयोगी हात नेपालद्बारा संचालित सहारा घरका असहायहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

घोडाघोडी नगरपालिका -१ सुखडमा रहेको भिजन अस्पताल प्रा.लि.का प्रवन्ध निर्देशक ललित रावलले आफ्नो जन्मदिनको अवसरमा बुधबार सहारा घरमा रहेका असहायहरुको स्वास्थ चेकजाँच गराएका हुन् ।

रावलले सहारा घरमा बसोबास गर्दै आइरहेका करिब ४७ जना मानसिक रोगिहरुको स्वास्थ परिक्षण गरि नि:शुल्क औषधिसमेत वितरण गरेका छन् । आफ्नो जन्मदिनमा भोज भतेर तथा फजुल खर्च गरि जन्मदिन मनाउन भन्दा परिवार,समाजले हेला गरि बेसहारा भएका मानिसहरुको स्वास्थ्यमा केही भएपनी सुधार होस भन्ने उदेश्यले निःशुल्क स्वास्थ्य चेकजाँच गरेको रावलले बताए ।

रोगिहरुको स्वास्थ परिक्षण गर्दै पहलमानपुर स्वास्थ चौकीका प्रमुख रमेश बहादुर बुढाले आँखा पाक्ने ,खुट्टा सुनिने , घाउ घटिरा आउने लगायतका समस्याहरु बढी रहेको बताए ।

सहारा घरमा बसोबास गर्दै आएका असाहयहरुलाई स्वास्थ चेकजाँचमा निकै नै समस्या परेको बेलामा जन्मदिनको अवसरमा स्वास्थ परिक्षण गरिएको भन्दै सहारा घरका सञ्चालक बल बहादुर बिष्टले रावललाई धन्यबाद ज्ञापन गरेका छन् ।

सहारा घरमा स्वास्थ परिक्षणको लागि स्वास्थकर्मी तथा एम्बुलेन्सको एकदमै अभाव भएको संचालन बिष्टले बताएका छन् । उनले भने , ‘ विभिन्न स्थानीय तहका प्रतिनिधिहरुले अशक्त तथा असहायहरुलाई सहारा घरमा पठाइ सहयोग गर्ने आश्वासन दिएपनी कुनै पनि किसिमको सहयोग नगर्ने हुँदा आउने ब्यक्तिहरुलाइ गाँस बासमा समस्या हुने गरेको छ ।” बिष्टले खर्च नहुदा आफुसंग भएको खेतवारि बिक्री गरेर खर्च चलाइरहेको समेत दुखेसो पोखे ।

कार्यक्रममा भिजन अस्पतालका बजार ब्यवस्थापक आयुष जोशी , पत्रकार प्रकाश मिश्र, वीरेन्द्र शाह लगायतको सहभागिता रहेको थियो । सहारा घरले ५३ जना मानसिक रोगीहरुलाई बिना औषधि निको पारेर परिवार मिलन गराइ घर फर्काएको छ ।