सहारा घरमा संयुक्त रुपमा सहयोग - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

सहारा घरमा संयुक्त रुपमा सहयोग



बिशाल पाण्डेय / सुखड,कैलाली ।

कैलालीको बर्दगोरिया गाउपालिका- २ बर्दगोरियामा रहेको सहारा घरलाई संयुक्त रुपमा सहयोग गरिएको छ ।

सोमबार घोडाघोडी नगरपालिका १ सुखडमा घर भएका युवाहरुले ब्यक्तिगत रूपमा सहारा घरमा चामल , लत्ताकपडा , लोबेट ,चाउचाउ ,बिस्कुट , दाल , तेल लगायतका सामानहरु संयुक्त रुपमा सहयोग गरेका हुन ।

सहयोग गर्नेमा वाशीष्ठ होटलका संचालन भरत भट्टराई , गणेश पुस्तक पसलका संचालन गगन श्रेष्ठ ,नेपाल लाइफ इन्स्योरेन्सका सुखड शाखा प्रमुख भक्त बहादुर चन्द ,कोहलपुर डेन्टल हस्पिटलका संचालन करन शाहि तथा पहलमान देउवाले संयुक्त रुपमा सहयोग गरेका थिए ।

सहयोगी श्रेष्ठले आफ्नो विगत देखी नै साहारा घरलाई सहयोग गर्ने चाहाना रहेको कुरा वताउदै यो सुरुवात भएको र अव आगामी दिनमा पनि यसले निरन्तरता पाउने वताए ।

असाहयका लागी सहयोगी हातहरु नेपालद्धारा बर्दगोरियामा सञ्चालनमा रहेको सहारा घरमा हाल ४२ जना बेसहाराले सहारा पाइरहेका छ्न ।