जन्मदिनको अवसरमा चादँनी आचार्यद्बारा सहारा घरलाई सहयोग - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

जन्मदिनको अवसरमा चादँनी आचार्यद्बारा सहारा घरलाई सहयोग



विशाल पाण्डेय / घोडाघोडी ।
पछिल्लो समय मानिसहरुले आफ्नो जन्मदिनमा भोज भतेर तथा फजुल खर्च गरि जन्मदिन मनाइएको पाइएपनि नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका महिला उपाध्यक्ष चादँनी आचार्यले असाहयलाई सहयोग गरि आफ्नो जन्मदिन मनाएकी छन् ।

आचार्यले आफ्नो जन्मदिनको अवसरमा सोमबार कैलालीको बर्दगोरीया गाउपालिकामा रहेको असाहयका लागि सहयोगी हात नेपालद्बारा संचालित सहारा घरमा खाद्यान्न वितरण गरि मनाएकी हुन् । जन्मदिनको अवसरमा सहारा घरमा चामल,तेल,दाल , सोयाबिन,लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेकि हुन् ।

खाद्यान्न बितरण गर्दै उनले सहारा घरका लागि पहिले देखिनै सहयोग गर्ने इच्छा रहेको बताइन् । परिवार,समाजले हेला गरेका मानबलाइ साहार दिनु सानो कुरा नरहेको बताउदै उनले केहि सहयोग होस भन्ने उदेश्यले खर्च कटौति गरेर खाद्यन्न बितरण गरेको बताइन् । सहारा घर ब्यक्तिगत स्वार्थका लागि नभएर साहारा बिहिनहरुको सहारा भएकाले सबैले सक्दो सहयोग गर्न समेत उनले आग्रह गरिन ।

आफ्नो जन्मदिनको अवसरमा सहारा घरमा सहयोग गरिएको भन्दै सहारा घरका सञ्चालक बल बहादुर बिष्टले आचार्यलाइ धन्याबाद ज्ञापन गरेका छन । यस्तै सहयोगी मनहरुले सहयोग गरेर सहारा बिहिनहरुलाइ सहारा दिइरहेको संचालक बिष्टले बताए ।

कार्यक्रममा पत्रकार लोकु सिंह ठकुरी , इन्दु केसि ,मञ्जु बिष्ट,फेकोफनका घोडाघोडी नगर अध्यक्ष मैना ढकाल
घोडाघोडी क्याम्पस प्राध्यापक संघ सभापति दिपिका भट्ट, उपप्राध्यापक सुनिलराज सापकाेटा लगायतकाको सहभागिता रहेको थियो । सहारा घरमा अहिले ४८ जना मानसिक रोगिहरु बसोबास गरिरहेका छन भने ५३ जनालाई परिवार मिलान गराइ घर फर्काइएको छ । सहारा घरमा हाल सात जनाले स्वयंसेवककाे रुपमा सेवा दिईरहेका छन् ।