सहारा घरमा खाद्यान्न वितरण

विशाल पाण्डेय / सुखड,कैलाली ।
कैलालीको बर्दगोरीया गाउपालिका-२ मा रहेको असाहयका लागि सहयोगी हातहरु ,नेपालद्बारा संचालित सहारा घरलाई खाद्यान्न वितरण गरीएको छ ।
एन आर एन फोरम स्विजरल्याण्डकि कोर्डिनेटर शुभा इल्मार लामाको सक्रियतामा स्विस नागरिक एडयुर्ड अक्सनरले आफ्नो ५० औं जन्मदिनको अवसरमा
संचारकर्मी प्रकाश मिश्रको पहलमा शुक्रबार एक अनौपचारिक कार्यक्रमका बिच सहारा घरमा खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
सामाजिक सेवामा सक्रिय पत्रकार मिश्रको पहलमा एक कार्यक्रमका बिच सहारा घरमा ५० हजार बराबरको चामल,नुन,तेल,चिनि, लगायतका खाद्यन्न सामाग्रि बितरण गरीएको छ । खाद्यान्न वितरण कार्यक्रममा बोल्दै संचारकर्मी मिश्रले नेपालको ललितपुर घर भइ हाल स्विजरल्याण्ड बस्दै आउनु भएको शुभा इल्मार लामाको सक्रियतामा एडयुर्ड अक्सनरको ५० औं जन्मदिनको अवसरमा आफुले सहारा घरमा खाद्यन्न बितरण गर्न पाउदा निकै खुशि लागेको बताएका छन । उनले यो अवसरले जिवनमा अझै सतकर्म गर्ने उर्जा मिलेको बताए ।
सहारा घरका सञ्चालक बल बहादुर बिष्टले एन आर एन ए वुमन फोरम स्विजरल्यान्डकी कोर्डीनेटर शुभा इल्मार लामा र एडयुर्ड अक्सनरलाई खाद्यान्न सहयोगका लागि धन्यवाद व्यक्त गरे । उनले भने , “खाद्यान्नको संकट परिरहेको अवस्थामा खाद्यान्न पाउँदा निकै नै खुशि लागेको छ ।”
२०७० सालमा एक मानसिक रोगी किसोरी बाट सुरु भएको सहारा घरले हाल ४३ जनालाई सहारा दिइरहेको बिष्टले जानकारी दिए । उनले घर परिवार बाट अपहेलित,असाय,घर परिवार बिहीन तथा अपहेलनामा परेका सहारा बिहीनहरूको स्याहार सुसार गर्ने व्यक्तिहरुलाई सहारा दिइरहेको बताए ।
सहारा घरमा ,स्वास्थ परिक्षणको लागि स्वास्थकर्मी तथा एम्बुलेन्सको एकदमै अभाव भएको संचालन बिष्टले गुनासो पोखे । उनले भने , ‘ विभिन्न स्थानीय तहका प्रतिनिधिहरुले अशक्त तथा असहायहरुलाई सहारा घरमा पठाइ सहयोग गर्ने आश्वासन दिएपनी कुनै पनि किसिमको सहयोग नगर्ने हुँदा आउने ब्यक्तिहरुलाइ गाँस बासमा समस्या हुने गरेको छ ।” सहारा घरमा बस्दै आएका मानसिक तथा अन्य रोगिहरु सन्चो भएपछि सहारा घरले आफन्तहरुसंग मेलमिलाप समेत गराउदै आइरहेको छ । सहारा घरबाट अहिलेसम्म करिब ४७ जना रोगिहरु पुर्ण रुपमा निको भएर घर फर्किएको संचालक बिष्टले हिमाल पोस्टलाई जानकारी दिए ।

