६ बर्षअघि रकम उठाएर बिजुली पुर्‍याउन नसकेको भन्दै घोडाघोडी विद्युत सहकारीमा तालाबन्दी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

६ बर्षअघि रकम उठाएर बिजुली पुर्‍याउन नसकेको भन्दै घोडाघोडी विद्युत सहकारीमा तालाबन्दी



विशाल पाण्डेय/सुखड,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा रहेको घोडाघोडी विद्युत् सहकारी संस्थामा स्थानीयहरूले तालाबन्दी गरेका छ्न ।

साबिकको रामशिखरझाला गाविसको प्रत्येक वडामा बिजुली पुर्‍याउने भन्दै ६ वर्ष अगाडि रकम उठाए पनि अझै बिजुली पुर्‍याउन नसकेको भन्दै आक्रोशित स्थानीयहरूले एक विज्ञप्ति निकाल्दै विद्युत् सहकारी संस्थामा तालाबन्दी गरेका हुन् ।

विज्ञप्तिमा घोडाघोडी विद्युत् सहकारी संस्था लिमिटेडले घोडाघोडी नगरपालिका वडा नम्बर ४,५ र ९ मा बिजुली बत्ती जडान गर्ने प्रतिबद्धता जनाएर वडाबाट रकम लिइए पनि अहिलेसम्म बिजुली बत्ती जडान हुन नसकेपछि स्थानीयहरू आक्रोशित भएको उल्लेख गरिएको छ । साथै विज्ञप्तिमा सहकारी संस्थाले १८ महिना सम्म बिजुली बत्ती जडान गरी सक्ने सहमति गरे पनि सहमति अनुसार काम नभएको उल्लेख्य गरिएको छ ।

सहकारी संस्थाले २०७५ असोज १ गते बाट बिजुली बत्ती जडानको कार्यगर्ने सहमति गरे पनि हाल सम्म कुनै काम हुन नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आक्रोशित स्थानीयहरूले आजको मितिबाट १५ दिन भित्र कामको थालनी नभए स्थानीयहरूबाट हुने सम्पूर्ण किसिमको क्षति स्वयम् घोडाघोडी विद्युत् सहकारी संस्था लिमिटेड जिम्मेवारी हुनु पर्ने समेत बिज्ञेप्तीमा उल्लेख गरिएको छ ।

यता घोडाघोडी बिद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष भिम बडुवालले भने आफुले असोज १ गतेदेखि काम सुरु गर्ने भनेपनी चाडपर्व नजिकिदै गर्दा कामगर्ने मानिसहरु नआएको हुँदा भाइटिका ( तिहार) को भोलिपल्टै बाट काम सुरु गर्ने बताए ।