सहजै रुपमा मल उपलब्ध गराउन कांग्रेसको माग - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

सहजै रुपमा मल उपलब्ध गराउन कांग्रेसको माग



विशाल पाण्डेय / सुखड ।
सरकारले किसानलाई सहजरुपले मलखाद उपलब्ध गराउन माग गर्दै नेपाली कांग्रेसले आइतबार ज्ञापनपत्र बुझाएको छ ।

“जनबिरोधि सरकार मुर्दाबाद,भ्रष्टाचारी सरकार मुर्दाबाद,किसानमारा सरकार मुर्दाबाद” लगायतको नारा सहित नेपालि कांग्रेस घोडाघोडी नगर कार्य समितिले घोडाघोडी नगरपालिकाको कार्यालय अगाडि १ घण्टे धर्ना दिदै घोडाघोडी नगरपालिका कार्यालय मार्फत प्रदेश तथा संघिय सरकार लाइ ज्ञापनपत्र समेत बुझाएको हो ।

नेपालि कांग्रेस घोडाघोडी नगर कार्यसमितिका सभापति कमल प्रसाद चौधरीको हस्ताक्षर गरिएको ज्ञापन पत्रमा
कृषि उपजका लागि उर्वर जिल्लाका रुपमा चिनिएको कैलालीका किसानहरुलाई धान रोपाइँको तरखरमा रहदा यस पटकपनि मलखाद , विउविजन,डिजेलको चरम अभाव बेहोर्नु परेको अवस्था प्रती निकै नै गम्भीर बनेको उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा प्रत्येक बर्ष आम किसानले यहि समस्या भोगिरहनुले सरकार किसान प्रति उदासिन तथा दायित्वबाट बिमुख रहेको कुरा समेत उल्लेख गरिएको छ । किसानलाइ सहज ढंगले मलखाद तथा डिजल आपुर्तीको भरपर्दो ब्यवस्था मिलाउनका लागि बाध्य पार्न जिल्लाका सम्र्पुण किसानहरुलाइ एकजुट भएर अवाज बुलन्द गर्न पनि आग्रह गर्दै सधै किसानको हक हित प्रति नेपालि कांग्रेस संबेदनशिल र सचेत रहदै स्थानिय तह मार्फत ज्ञापनपत्र संघिय तथा प्रदेश सरकारलाइ हस्तान्तरण गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

समितिले घोडाघाडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापालाइ ज्ञापनपत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै उप प्रमुख थापाले उठान गरेका कुराहरुलाइ स्वागत गर्दै आफ्नो तर्फबाट पहल गर्ने बताइन ।

कैलाली जिल्लाका किसानले समयमै मल, बिउ, खाद नपाउदा सास्ती खेप्नु परेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराउन नेपाली कांग्रेस जिल्ला कार्य समिति कैलालीको आयोजनामा १३ वटै स्थानिय तहमा एकै साथ एक घण्टा सम्बन्धीत गाउ तथा नगर समितिको आयोजनामा धर्ना दिएका थिए ।