सहमहामन्त्री पदको मतगणना : डिना, भीष्मराज र मानबहादुरकाे अग्रता - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

सहमहामन्त्री पदको मतगणना : डिना, भीष्मराज र मानबहादुरकाे अग्रता



नेपाली कांग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत भएको सहमहामन्त्री निर्वाचनको तीन समूहतर्फको मतगणना सुरु भएको छ।

दलित, आदिवासी जनजाति र महिला समूह तर्फको महामन्त्री पदको मतगणना सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा सुरु गरिएको हो।

तीन समूहका सहमहामन्त्रीको एकैपटक नौ ठाउँमा गणना सुरु गरिएको छ। यी तीनै समूहबाट एक एक जना सहमहामन्त्री निर्वाचित हुनेछन्।

प्रारम्भिक मतगणनामा महिलातर्फ डिना उपाध्याय, आदिवासी तर्फ भीष्मराज आङ्दम्बे, र दलिततर्फ मानबहादुर विकले अग्रता लिएका छन्।

दलित तर्फ १७८० मतगणना हुँदा गङ्गा परियार ७०, जीवन परियार ८३१ र मानबहादुर विकले ८३९ मत ल्याएका छन्।

यस्तै, महिलातर्फ १५०४ मतगणना हुँदा डिना उपाध्याय ८०३ र कमला पन्तले ६८३ मत ल्याएका छन्।

आदिवासी तर्फ ८९९ मतगणनामा भीष्मराज आङ्दम्बे ५१८ र विकास लामा ३५७ मत ल्याएका छन्।