हिरासत बाटै लामिछानेले भने निश्पक्ष छानबिनमा सघाउन तयार छु

काठमाडौं: पत्रकार शालिकराम पुडासैनी हत्याकाण्डमा हिरासतमा रहेका रवी लामिछानेलाई नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद वडुले भेट गरेका छन् ।
भेटपछि रविले निश्पक्ष छानबिनमा सघाउन तयार रहेको बताएको उनले जानकारी दिए ।
कांग्रेस नेता तथा छाँया सरकारका गृहमन्त्री समेत रहेका बडुले चितवनका एसपी र सिडियो भेटेर निष्पक्ष छानविन गर्न आग्रह गरेका छन् । नेता बडुले पूर्वाग्रह नराखी छानविन गर्न माग गरे ।
शुक्रवार जिल्ला अदालत चितवनले लामिछानेका साथै युवराज कँडेल र अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न आदेश दिएको थियो ।
प्रहरीले १० दिनको म्याद मागेपनि जिल्ला अदालत चितवनका विनोदकुमार गौतमको इजलासले बिहीवारको मितिबाट थप पाँच दिन अनुसन्धानको थुनामा राख्न अनुमति दिएको थियो ।

