न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राभल्समा नयाँ कार्यसमिति चयन - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राभल्समा नयाँ कार्यसमिति चयन



नयाँ दिल्ली । विगत लामो समयदेखि  नेपाल भारत यातायात सुविधा दिदै आएको  न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राभल्स प्रा.लि. पञ्जाव लुधियानाले  ५ औं साधारण सभा  सम्पन्न गरेको छ ।

समितिका अध्यक्ष राजकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त सभाले  नारायण पौडेलको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो  । जसको उपाध्यक्षमा सोनु बिक, सचीवमा ईश्वरी घिमिरे, सह-सचिवमा दिनेश परियार ,कोषाध्यक्षमा केवि पाण्डे र सदस्यहरुमा राम प्रसाद भण्डारी, तुल्सी थापा रहेका छन । त्यस्तै समितिको सल्लाहकारमा गोविन्द अधिकारी, सुरज केसि, प्रकाश परियारलाई सर्वसहमतमा राखेको छ ।

नयाँ बनेको कार्यसमितिले आउदा दिनहरुमा यात्रुहरूलाई प्रभावशालि सुविधा र जनताले चाहे जस्तो सेवा दिने बताएका छन । उक्त समारोह भारत नगर चोक स्थित होटल सुर्यमा सम्पन्न गरिएको थियो  ।