साफ च्याम्पियनसिपको ड्र अाज - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

साफ च्याम्पियनसिपको ड्र अाज



काठमाडौं – बंगलादेशमा अाउँदो सेप्टेम्बरबाट सुरु हुने साफ सुजुकी कपको समूह चरणको ड्र अाज ढाकामा हुँदैछ ।

 

७ टोलीको सहभागिता रहने साफमा नेपालसहित भारत, अायोजक बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । यसअघिका संस्करणमा फाइनल यात्रा तय गरेको अफगानिस्तान भने मध्य एसियामा सरेपछि सहभागी टोली संख्या ७ मा झरेको हो ।

 

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको सेमिफाइनल चरण पार गरेको छैन । पछिल्लो संस्करणमा समूह चरणबाटै बाहिरिएको नेपाल २०१३ मा सेमिफाइनलमा पराजित भएको थियो । नेपाल पहिलोपटक उपाधि जित्ने दाउमा रहेको प्रशिक्षक ग्योतोकु कोजीले बताउँदै अाएका छन् ।

समूह चरणको ड्र नेपाली समयअनुसार विहान १०:४५ बजे हुनेछ । प्रत्यक्ष प्रसारण साफको वेबसाइटले गर्नेछ ।