साधना लघुवित्तको नाफा ५१३ प्रतिशतले बढ्यो - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

साधना लघुवित्तको नाफा ५१३ प्रतिशतले बढ्यो



काठमाडौँ ।
गोरखा जिल्लाको गोरखा न. पा. मा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले प्रथम त्रैमासिक प्रगति विवरण आज सार्वजनिक गरेको छ ।

२०७४ मङ्सिर ३ गतेबाट आर्थिक कारोबार सञ्चालन गरेको उक्त लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७६ लाख ६३ हजार खुद मुनाफा आर्जन गरेको छ । जब कि यो लघुवित्तकोे अघिल्लो वर्षको यही अवधिमा १४ लाख ९३ हजार मात्रै खुद नाफा रहेको थियो । जुन अघिल्लो वर्षको तुलनामा ५१३ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा अन्य लघुवित्त नपुगेको क्षेत्रमा शाखा सञ्जाल आक्रामक रूपमा बिस्तार गरेको यस लघुवित्तले गत आषाढ ३० गतेबाट आर्थिक समृद्धि लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सञ्चालन गरी व्यवसाय बिस्तारमा पनि उत्कृष्ट प्रगति प्राप्त गरेकै कारण खुद ब्याज आम्दानी रु २ करोड ४६ लाख २ हजार पु–याएको छ ।

अघिल्लो वर्षको यही अवधिमा ६६ लाख ३१ हजारमा सीमित रहेको थियो । यसैगरी समीक्षा अवधिमा ३२ करोड ५९ लाख बचत सङ्कलन गरी १ अर्व ४ करोड १६ लाख सापटी लिएर १ अर्व ३६ करोड १९ लाख कर्जा परिचालन गरेको छ भने अघिल्लो वर्षको यही अवधिमा ८ करोड ५६ लाख बचत सङ्कलन गरी ४४ करोड ७२ लाख सापटी लिई ५० करोड ७४ लाख कर्जा परिचालन गरेको थियो ।

यसैगरी वित्तीय संस्थाको अघिल्लो आर्थिक वर्षमा २३ लाख ९० हजार मात्र रहेको रिर्जब समीक्षा अवधिमा ३ करोड ४१ लाख पुगेको छ । अघिल्लो आ.व.को यही अव्धीमा कुल ४ करोड ९० लाख चुक्ता पुँजी रहेकोमा यस आ.व.मा चुक्ता पुँजी १४ करोड ६० लाख भएको छ ।

त्यस्तै समीक्षा अवधिमा कष्ट अफ फण्ड ९.६२ प्रतिशत रहेको छ भने तरलता अनुपात १३.२१ प्रतिशत, प्रति शेयर आम्दानी २०.९८ (वार्षिक) रहेको छ ।