सडक बालबालिकालाई न्यानो कपडा बढ्दै एमआरआर - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

सडक बालबालिकालाई न्यानो कपडा बढ्दै एमआरआर



हिमाल पोष्ट / पुस ९ बुटवल ।   सामाजिक सञ्जाल फेसबुकबाट एकजुट भई स्थापित भएको युवाहरुको समुह मेन्स रुम रिलोडेड (एमआरआर) बुटवलले सडक बालबालिकालाई लक्षित गरी न्यानो कपडा विरतरण गरेको छ ।

जाडोसँगै चिसो बढ्दै गएको बेलामा सडक बालबालिकाहरुलाई न्यानो प्रदान गर्ने उद्देश्यले समूहले आज शनिबार बुटवलका ट्राफिक चोक , हाटबजारलाइन , पुरानो बसपार्क लगायतका क्षेत्रहरुमा करिब दुई सय जना बालबालिका र विपन्न परिवारका सदस्यहरुलाई लत्ताकपडा वितरण गरेको हो ।15724243_1811517725729679_2019232435_n

सडक बालबालिकालाई न्यानोपनको आभाष , एमआर आरको एक प्रयास भन्ने नारासहित सम्पन्न कपडा वितरण कार्यक्रम सम्पन्न भएको समुहका सदस्य मनोज ज्ञवालीले जानकारी दिए ।

उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका संयोजक शोभित खनालले सडक बालबालिकालाई समाजमा पुनःस्थापित गर्ने तर्फ ध्यानदिन आग्रह गरे ।

जाडोमा सडक छेउछाउमा बालबालिका देखिदा पनि सरोकारवालाको ध्यान नपुगेको बताउादै उचित अवसर र संरक्षण पाएका सडक बालबालिका पनि समाजमा दक्ष जनशक्तिको रुपमा स्थापित हुने उनको तर्क थियो । पछिल्लो समयमा सक्रिय रुपमा सामाजिक कार्यमा काम गर्दै आएको समुहले विभिन्न सामाजिक तथा राजनीतिक विसंगती प्रति विरोध जनाउादै आएको छ ।