सडक मर्मतमा ढिलाई हुँदा कैलालीको बौनियामा दुर्घटनाको जोखीम बढ्दै
लोकू सिंह ठकुुरी / कैैैलाली ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको बर्दगोरीया गाउपालिकाको मुख्य बजार सडकपुर बौनियामा सडक मर्मतमा ढिलाई हुदा दुर्घटनाको जोखीम बढेको छ ।
सडकको बिग्रदो अवस्थाका कारण मोटरसाईकल, अटो रिक्सा जस्ता साना सवारी साधनहरु बढी प्रभाबित भएका छन । सडकमा खनीएको खाल्डोमा पानी समेत भरीने गरेको छ । सवारी साधनले छल्काउने पानीले पैदल यात्रु समेत मर्कामा पर्ने गरेका छन । तिब्र गतीमा आएको जिपले आफनो शरीर भरी फोहर पानी छल्काएको सडकमा हिडदै गरेका खेम बहादुर बिश्वकर्माले दुखेसो पोखे ।
सडकको मध्य भागदेखी छेउ सम्म खनीएको छ । यस्ले गर्दा ठुला सवारी साधनलाई आवागमन गर्न बाधा पुगेको छ भने तिब्र गतीमा मोटरसाईल, अटो रिक्सा चलाउनेहरुको लागी ज्यानै जाने सम्मको जोखिम छ । सडकको यस्तो अवस्थाका कारण उक्त ठाउमा थुप्रै मोटरसाईकल दुर्घटना समेत भईसकेको खनिएको सडक छेउका ब्यापारी जंजिर चौधरीले बताए ।
अहिले सडकमा गुडने सवारी साधनहरुको चाप निकै बढेको छ । राम्रो अवस्थामा रहेको सडकले नै सवारीको चाप थेक्न नसकिरहेको अवस्थामा आधा सडक खनेर खाल्डो पारीए पछी झनै समस्या निम्त्याएको छ । धेरै चहलपहल हुने मुख्य बजारमा सडकको यस्तो अवस्था देख्दा पनी सरोकारवाला निकायले सडक छिटो मर्मतका लागी सडक डिभिजनलाई दवाब दिने तथा अन्य कुनै पहल नगरेको भन्दै स्थानीयहरु दुखी बनेका छन ।
बौनिया बजार ब्यवस्थापन समितीका अध्यक्ष रुपक सुनारले भने सडक डिभिजन संग उक्त सडक छिटो मर्मतको लागी पटक पटक अनुरोध गरेको र दशै तथा तिहार जस्ता महत्वपुर्ण चाडपर्वले गर्दा सडक मर्मतमा ढिलाई भएको प्रतिक्रिया आएको बताएका छन । सडक डिभिजनले तिहार सकिए लगत्तै मर्मत शुरु गर्ने भने पनी हाल सम्म आफुलाई कुनै जानकारी प्राप्त नभएको उनको भनाई छ ।