सडक हिलाम्य हुँदा स्थानीयलाई सास्ती  - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

सडक हिलाम्य हुँदा स्थानीयलाई सास्ती 



बौनिया,कैलाली । केही दिन यता परेको सामान्य पानीले कैलालीको बर्दगोरीया गाउपालिका वडा नं. ४ को कार्यालय जाने बाटो हिलाम्य भएको छ । बाटोमा हिलो संगै चिप्लो हुदा सेवाग्रही सँगै हिडडुल गर्नेहरुलाई समेत सास्ती भएको छ ।

गाउपालिकाका अन्य वडाहरु भन्दा वडा नं. ४ को कार्यालय पुर्वपश्चिम राजमार्गको मुडा बजार संगै जोडीएको भए पनी बाटोको कारण स्थानीयहरुलाई समस्या परेको छ । बाटोमा हिलो भएर हिड्नै नमिल्ने हुदा समेत कसैको ध्यान जान नसकेको कार्यालयमा सेवालीन आएकी पुनम बिश्वकर्माले गुनासो गर्नुभयो ।

भौगोलिक हिसावले यसको कार्यालय राजमार्ग संगै जोडीएकाले अन्य वडाहरु भन्दा सहज हुनु पर्नेमा सबै भन्दा बढी समस्या यही वडामा भएको नेकपाका नेता डिल बहादुर बि.क.ले बताउनु भयो ।

आफ्नै वडा कार्यालयमा आउने बाटो समेत राम्रो बनाउन नसक्ने वडा अध्यक्षले अरु ठाउको बिकाश कसरी गर्न सक्छन भन्दै स्थानीयहरु आक्रोशित समेत बनेका थिए । त्यस्तै यता वडाध्यक्ष पुरण सिं बि.सी.ले भने चालु आर्थिक बर्षमा वडाको समग्र मर्मत सम्भारको रकमबाट उक्त बाटोलाई मर्मत गरीने बताउनु भएको छ ।