नेकपा सचिवालय बैठक बसेन - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

नेकपा सचिवालय बैठक बसेन



काठमाडौं–

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै नबसी स्थगित भएको छ।

आज बिहान ९ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै तीन घण्टा सारिएको थियो। तर, अध्यक्षद्वयले तयारी नपुगेको बताएपछि बैठक स्थगित भएको हो।

पार्टी सचिवालय बैठकमा जिल्ला इन्चार्ज र सहइन्चार्ज टुङ्गो लगाउने र केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने प्रयास जारी छ। सोही अभिप्रायले मङ्गलबार र बुधबार बसेका बैठक निष्कर्षविहीन भएका थिए। आजको लागि सारिएको बैठक पनि बस्दै नबसी स्थगित भएको हो।

इन्चार्ज र सहइन्चार्जको विषयमा केपी ओली पक्ष र माधव नेपाल पक्षबीच विवाद रहँदै आएको छ। माधव नेपालले बैठकहरुमा दोहोरो जिम्मेवारीको विरोध गर्दै आएका छन् भने ओली यसअघि पनि दोहोरो जिम्मेवारी दिइँदै आएकाले जिल्लाको हकमा पनि दिनुपर्ने पक्षमा छन्।