साक्षर नगरपालिका घोषणाको तयारीका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

साक्षर नगरपालिका घोषणाको तयारीका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न



बिशाल पाण्डेय / सुखड,कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा साक्षर नगरपालिका घोषणाको तयारीका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार घोडाघोडी नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाको आयोजना तथा सुखड सामुदायिक सिकाइ केन्द्रको सहयोगमा साक्षर नगरपालिका घोषणाको तयारीका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा उपस्थित सरोकारवालाहरुले घर घरमा पुगेर डाटा संकलन गर्नुपर्ने तथा सबैले आ-आफ्नो ठाउँबाट लाग्नु पर्ने बताएका छन् । साथै सरोकारवालाहरुले घोडाघोडी नगरपालिकाको रामशिखरझाला र पहलमानपुर गाबिस पछि गाभिएको हुनाले नयाँ तथ्यांक बनाउनपर्ने सुझाव दिएका छन् ।

कार्यक्रमबारे जानकारी दिदै शिक्षा शाखा अधिकृत उमेशराज रेग्मीले कैलाली जिल्लाको पहिलो साक्षर पालिका घोषणा गर्ने अवसर रहेको बताए । उनले भने , ‘जिल्लाको पहिलो साक्षर पालिका घोषणाको लागि आवश्यक अवधारणा घोडाघोडी नगरपालिकाले पूरा गरिसकेको छ , साक्षर घोषणा तयारीका लागि पहिलो चरणमा सरोकारवालाहरुसग छलफल गरि सुझाव संकलन गर्ने , दोस्रो चरणमा वडा स्तरमा सरोकारवालाहरुसंग छलफल गर्ने र बाकी निसाक्षर लाई आफ्ना घर परिवारले घरमै साक्षर बनाउने योजना रहेको छ ।’

त्यस्तै सुखड सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष शिव प्रसाद ढकालले आर्थिक बर्ष २०७३/०७४ को सर्वेक्षण अनुसार ९५ प्रतिशत साक्षर भइसकेको र ५ प्रतिशत पछि ब्यवस्था गर्ने गरि साक्षर घोषणा गर्न पाइने नीति अनुसार घोडाघोडी नगरपालिका साक्षर घोषणा गर्न लायक रहेको बताए ।

घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा
नगरपालिकाका जनप्रतिनिधिहरु,शिक्षक,प्राध्यापक, सुखड सामुदायिक सिकाई केन्द्र प्रतिनिधि,राजनितिक दलका प्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै अन्तरक्रिया कार्यक्रम मार्फत १६ सदस्यीय नगर स्तरीय तथाङ्क सत्यापन तथा सहजीकरण समिति गठन गरीएको छ ।

घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी संयोजक रहने गरी राष्ट्रिय मान्यता प्राप्त राजनितिक दलका प्रतिनिधि,शिक्षक पेसा गत संघ संगठनका प्रतिनिधि,पत्रकार, सिकाई केन्द्रका प्रतिनिधि,क्याम्पस प्राध्यापक र नगरपालिकाका शिक्षा शाखाका प्रतिनिधि गरि उक्त समिती गठन गरेको छ ।