एमाले सांसदले विरोध गर्दागर्दै सभामुखले चलाए बैठक - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

एमाले सांसदले विरोध गर्दागर्दै सभामुखले चलाए बैठक



काठमाडौँ – नेकपा एमालेका सांसदहरुले अवरोध र नाराबाजी जारी राखे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठक अघि बढाएका छन् । उनले सांसद प्रेस सुवाललाई आर्थिक अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश गर्न समय दिएका हुन् ।

प्रतिपक्ष एमालेका सांसदको विरोध बीच सभामुखले प्रतिनिधिसभाको बैठक सुञ्चालन गरेका हुन् । दोस्रोपटक सुरू भएको बैठकमा उनले एमाले सांसदहरूलाई ‘बैठक सञ्चालनका लागि सहयोग गर्न’ आग्रह गरेका थिए।

तर एमालेका सांसदहरूले नारबाजी गरिरहे। त्यहीबीचमा उनले सांसद प्रेम सुवाललाई आफ्नै स्थानबाट बोल्न दिएर बैठक सञ्चालन गरेका हुन्।