सभामुखमाथि खनिए माधव नेपाल - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

सभामुखमाथि खनिए माधव नेपाल



नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कार्यव्यवस्था परामर्श समितिमा सहमति भए भन्दा बाहिर गएर सभामुखले बैठकको मिति तोक्ने गरकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

सभामुखको अधिकारलाई खुम्चाएर सांसदहरुले कार्यव्यस्था परामर्श समितिलाई बलियो बनाउने गरी प्रतिनिधि सभा नियमावलिमा संशोधन दर्ता गराएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले सभामुखको भूमिकाप्रति आविश्वास व्यक्त गरेका हुन्।

उनले भने, ‘यसबीचका केही कामहरु आलोच्य रहेका छन्। एउटा समय, दिन तय भयो। त्योभन्दा पहिले बोलाइयो। त्यो समय तय भयो त्यो भन्दा अझ पर धकेलियो। यसले आपसी विश्वास कायम रहँदैन। यस्ता कामले अविश्वास बढ्छ। अविश्वास सिर्जना हुने कुनैपनि काम गर्नुहुँदैन। नियमावलीमा के हुन्छ भन्ने कुरा छलफलबाट तय हुनेछ। यी सबै कुराहरुमा राम्रो छलफल, बहस, आलोचना वा रियलाइजेशनमा पुग्नुपर्ने आवश्यकता छ।’

नियमावलीमा १८ जना प्रतिनिधि सभा सदस्यहरुको संशोधन प्रस्ताव दर्ता भएको छ।

पछिल्लो समय दलका प्रमुख सचेतकसँग भएको सहमति विपरित सभामुखले आफूखुशी बैठकको मिति निर्धारण गरेपछि सभामुखको भूमिकाबारे झस्किएका सत्तारुढ दलका सांसदहरुले कार्यव्यवस्था परामर्श समितिलाई अधिकारसम्पन्न गर्ने गरी सभामुखको अधिकार कटौति गर्न लागि परेका हुन्।

उनीहरुले बैठकका एजेण्डा, मिति लगायतका सबै निर्णय कार्यव्यवस्था परामर्श समितिबाट गर्ने गराउने गरि संशोधन प्रस्ताव दर्ता गराएका छन्।