सभाहलको शिलान्यास - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

सभाहलको शिलान्यास



सुखड,कैलाली । घोडाघोडी नगरपालिका -१ सुखडमा सभाहलको शिलान्यास गरिएको छ । जगन्नाथ मरुवा सभाहलको शुुक्रबार एक अनौपचारिक कार्यक्रमका बिच घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले शिलान्यास गरेका हुन् ।

गाउँ घरमा हुने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न समस्या भैरहेको हुँदा उक्त सभाहलको निर्माण गर्न लागिएको जगन्नाथ मरुवा युवा क्लब सुखडका अध्यक्ष शिव कुमार चौधरीले बताए । उनले गाउँमा हुने विभिन्न खालको छ्लफलको लागि कसैको घर वा खुल्ला ठाउँमा बस्नुपर्ने समस्याको अन्त्यका लागि भवन निर्माण गर्न लागिएको बताए ।

सभाहलको शिलान्यास पश्चात् बोल्दै नगर प्रमुख चौधरीले गाउँ घरमा हुने कार्यक्रम तथा भलवन्साहरुको छ्लफल संगै अन्य सभा समारोहको लागि सभाहलको आवस्यकता पर्ने बताए । उनले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरिएको हुँदा सामाजिक दुरि कायम गरि काम गर्नको लागि आग्रह समेत गरेका छन् । उनले सबै काम क्लबका सदस्यहरुले गर्ने हुँदा सदस्यहरुले रोजगार पाउने समेत बताए ।

पुर्वाधार विकास कार्यक्रम (संसद विकास कोष) बाट १० लाख तथा उपभोक्ता समिती बाट २ लाख ५१ हजार गरि कुल १२ लाख ५१ हजार बराबरको लागतमा एक कोठे सभाहल निर्माण गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष हिरालाल चौधरीले बताए ।