नेपालकै सबैभन्दा ठूलो शब्दकोशका लेखक शर्माको निधन - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

नेपालकै सबैभन्दा ठूलो शब्दकोशका लेखक शर्माको निधन



काठमाडाैँ । वरिष्ठ साहित्यकार बसन्तकुमार शर्मा नेपालको ९७ वर्षको उमेरमा शनिबार निधन भएको छ । मुटुलगायतका विभिन्न रोगबाट थलिएका उनको कुमारीगालस्थित निवासमै निधन भएको हो ।

नेपालकै सबैभन्दा ठूलो शब्दकोश ‘नेपाली शब्दसागर’का लेखक उनको दर्जनौ साहित्ससम्बन्धी पुस्तकहरु प्रकाशित छन् । उनले ‘नेपाली शब्दसागर’ लेखनमा मात्रै १५ वर्ष खर्चिएका थिए ।

उनको जन्म विसं १९८४ को रामनवमीको दिन महारागन्जमा भएको थियो। संस्कृत साहित्यमा स्नातक र नेपालीमा स्नातकोत्तर गरेका नेपालले नेपाल भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद्मा पनि काम गरेका थिए।

यस्तै, महाभारतको गद्यमा उल्था पनि उनैले गरेका थिए । लामो समय विभिन्न विद्यालय र क्याम्पसहरूमा अध्यापन गरेका उनी पशुपति क्याम्पस, रत्नराज्य क्याम्पस लगायतका शैक्षिक संस्थाको संस्थापक समेत हुन् ।

स्वर्गीय शर्माको श्रीमतीसहित चार छोरी र ४ छोरा छन् ।