सवारीमा जोरबिजोर कसलाई लागु हुँदैन ? - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

सवारीमा जोरबिजोर कसलाई लागु हुँदैन ?



काठमाडौं- १३ औ साग खेलकुदमा अत्यावश्यक, सरकारी साधन र संचारमाध्यमको सवारी साधन संचालनमा जोर विजोर प्रणाली लागु नहुने जनाएको छ । महानगरीय प्रहरी महाशाखाले यसबारे जानकारी गराएको हो ।

सरकारले साग खेलकुलको उद्घाटन हुने दिन भोली मंसिर १५ गते विजोर र सामापन हुने दिन २४ गते जोर नम्बरको सवारी साधन संचालन गर्न सुचना जारी गरेको थियो ।

महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले साग खेलकुदको उद्घाटन र समापनको संचार माध्यम, अत्यावश्यक र सरकारी सवारी साधनमा यो व्यवस्था लागु नहुने जानकारी दिए ।