सबै पक्ष समेटेर चुनावको तयारी गर्न राष्ट्रपतिको आग्रह - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

सबै पक्ष समेटेर चुनावको तयारी गर्न राष्ट्रपतिको आग्रह



हिमाल पोष्ट / काठमाडौँ, २६ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै पक्षलाई समेटेर चुनावको तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज भएको शिष्टाचार भेटमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषयका बारेमा राष्ट्रपतिलाई जानकारी गराउनुभएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले बताउनुभयो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले आफ्नो नियमित कार्यक्रमअन्तर्गत आज राष्ट्रपतिलाई भेटी सबै पक्षलाई समेटेर अघि बढ्न आफू प्रयास रहेको जानकारी दिँदै त्यसकै लागि संविधान संसोधन प्रस्ताव संसद्मा दर्ता गरिएको बताउनुभएको थियो । सो अवसरमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामनासमेत दिनुभएको थियो । रासस