सबै उडान ठप्प: विमान वङ्गला आकाशमै ‘होल्ड' - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

सबै उडान ठप्प: विमान वङ्गला आकाशमै ‘होल्ड’



काठमाडौँ– बङ्गालको खाडीमा बनेको चक्रवातको असर नेपालको हवाई क्षेत्रमा पनि परेको छ । चक्रवातको असरले हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने मौसम विज्ञान विभाग जनाएपछि आन्तरिक उडान पुर्णतया प्रभावित बनेको त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल प्रमुख राजकुमार क्षत्रीका अनुसार सवै आन्तरिक उडानहरु शुक्रबार बिहान १० बजेदेखि ठप्प छन् ।

अन्तर्राष्ट्रिय उडानहरु भने नरोकिएको उनले बताए । त्यस्तै प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलमा अवतरण गर्न आएको विमान बंगला भने आकासमा आधा घण्टादेखि होल्ड गर्नुपरेको महाप्रवन्धक क्षेत्रीले जानकारी दिए । उनका अनुसार बुद्ध एयरको झापा काठमाडौ र विराटनगर काठमाडौका दुई उडान उतै फकाइएको छ ।

पूर्वी हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले हेलिकोप्टर उडान नगर्न गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले यसअघि नै अपिल गरिसकेको छ ।