सबै रेकर्ड तोड्दै ट्रेण्डीङ नम्बर १ मा पुग्यो ‘रुपै मोहनी’ - Himal Post Himal Post
  • ४ कार्तिक २०८१, आईतवार
  •      Sun Oct 20 2024
Logo

सबै रेकर्ड तोड्दै ट्रेण्डीङ नम्बर १ मा पुग्यो ‘रुपै मोहनी’



शुक्रवार सार्वजनिक भएको सिनेमा ‘शत्रु गते’ को गीत ‘रुपै मोहनी’ले युट्युबमा आएको २४ घण्टा भित्र सबै भन्दा धेरै भ्युज पाउदै अघिल्ला रेकर्ड तोडेको छ । यो गीत ट्रेण्डीङ नम्बर १  मा पुगेको छ । लोकराज अधिकारीको शब्द, सङ्गीत टंक बुढाथोकीको सङ्गीत र टंक तथा मिना निरौलाको स्वरमा रहेको गीतलाई २४ घण्टामा ८ लाख ५७ हजार पटक हेरिएको छ ।

यस अघि फिल्म ’छक्का पन्जा २’ मा रहेको ’नाइलनको साडीमा’ लाई २४ घण्टामा ८ लाख १६ हजार पटक हेरिएको थियो । कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको ‘रुपै मोहनी’मा दीर्घ गुरुङको छायाङ्कन छ । हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतले गीतमा फिचरिङ गरिएको छ । गीतमा मित्र डी गुरुङको सम्पादन छ ।

डेब्यु फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा आएका प्रदीप भट्टराईको यो फिल्ममा निर्देशन छ । तराई र काठमाडौमा छायाङ्कन गरिएको यस फिल्म चैत्र ९ गते रिलिज हुँदैछ । फिल्मलाई मह सञ्चारले निर्माण गरेको हो । गीत ले रेकर्ड ब्रेक गरे पछि सिनेमा का कलाकार र गीतकार सङ्गीतकार र गायक गायिका ले सामाजिक सन्जाल मा खुसी प्रकट गरेका छ्न ।