यातायात मात्र हैन सबै क्षेत्रको सिन्डिकेट हट्छ: गृहमन्त्री - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

यातायात मात्र हैन सबै क्षेत्रको सिन्डिकेट हट्छ: गृहमन्त्री



चितवन- प्रेस सेन्टर चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रबाट सिन्डिकेट अन्त्यको शुभारम्भ भएको बताएका छन्।

 बुधबार आयोजना गरेको उक्त पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले गैरनाफामूलक (एनजियो)  संस्थाका रुपमा दर्ता गरेर सिन्डिकेट गरी नाफा कमाउने अधिकार कसैलाई नभएको बताए।

यातायात सँगसँगै अन्य क्षेत्रमा सिन्डिकेट देखिएमा त्यसलाई पनि रोक्ने थापाले जानकारी दिए। उनले भने, ‘यातायात क्षेत्र कसैले ठप्प पार्न सक्दैन।’

सरकारले मंगलबार जिल्ला-जिल्लामा यातायात समितिहरुका नाममा रहेको सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद् बैठकले अब यातायात समितिहरुको नवीकरण नगरी यातायातमा सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेको हो।

यस अघि सरकारले सिन्डिकेट खारेजी गर्न जस्तो सुकै कदम चाल्ने जनाएको छ ।