घरमा झुण्डिएको अवस्थामा किशोरीको शव फेला

लहान। सिराहाको लहान नरपालिका वडा नम्बर ४ गोधुलि हाटेल भन्दा १५० मिटर उत्तरमा बुधबार दिउँसो आफनै घरमा झुण्डिएको अवस्थामा किशोरीको शव फेला परेको छ ।
लहान नगरपालिका-४ बस्ने ज्योति लाल महतोको १३ वर्षीय छोरी गुरिया कुमारी महतो झुण्डिएको अवस्थामा फेला परेकी हुन् । मृतक गुरिया विगत केही दिनदेखि शारीरिक रुपमा अस्वथ्य देखिएको मृतकको आमा शिला देवि महतोले बताइन् ।
मृतकको शव पोष्मार्टमको लागि राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा लगिएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले जनकारी दिए । घटनाको बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

