सानिमा बैंकले सन्दीपलाई मासिक ४० हजार दिने - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

सानिमा बैंकले सन्दीपलाई मासिक ४० हजार दिने



काठमाडौं  ।। खेलमा बढी ध्यान पुर्‍याउन भन्दै सानिमा बैंकले राष्ट्रिय क्रिकेट टिमका युवा स्पिनर सन्दीप लामिछानेको प्रायोजन रकममा बृद्धि गरेको छ ।

सानिमा बैंकले सन्दीप लामिछानेलाई प्रायोजन गरेको दुई वर्ष भएको छ । दुई वर्षसम्म मासिक २० हजार उपलब्ध गराएको सानिमाले अबदेखि मासिक ४० हजार रुपैयाँ उपलब्ध गराउनेछ । यो सम्झौता २ वर्षका लागि गरिएको हो ।

हालै इण्डिन प्रिमियर लिग आईपीएलमा अनुबन्ध भएका सन्दीपको यो सम्झौता आगामी अप्रिल महिनादेखि लागू हुनेछ । सानिमा बैंकले सन्दीपको ध्यान पूर्ण रुपमा क्रिकेटमा मात्र जाओस भनेर प्रत्योसाहनका लागि रकम बढाएको स्पष्ट पारेको छ ।

सम्मान तथा प्रायोजन रकम बृद्धिपछि सन्दिपले आफूलाई क्रिकेटमा लागेर अझै राम्रो प्रदर्शन गर्नका लागि यस सम्झौताले हौसला बढाएको बताए । ‘दुई वर्ष अगाडि मैले यू–१९ विश्वकप खेलेर आएपछि सीप्यान (क्रिकेट खेलाडी संघ)मार्फत सानिमा बैंकमा आवद्ध भएँँ, त्यतिबेला मलाई साँच्चिकै यस्तोखाले आर्थिक सहयोग आवश्यक थियो, अहिले त्यो बढेको छ, आगामी दिनमा पनि अझै राम्रो गर्न यसले प्रेरणा मिलेको छ ।’ सन्दिपले भने ।

सन्दीप र नेपाली टोलीका कप्तान पारस खड्कालाई सानीमाले डिभिजन टू मा गरेको उत्कृष्ट प्रदर्शनका कारण सम्मान पनि गरेको थियो ।