‘सामी स्क्वायर’ एक्सन नै एक्सनको ट्रेलर - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

‘सामी स्क्वायर’ एक्सन नै एक्सनको ट्रेलर



एजेन्सी । तमिल सुपरस्टार चियान विक्रम अभिनित ‘सामे स्क्वायर’को ट्रेलर रिलिज भएको छ । फिल्म सन २००३ मा रिलिज भएको सुपरहिट फिल्म ‘सामे’को सिक्वल हो ।

आइतबार फिल्मको ट्रेलर रिलिज गरिएको हो । फिल्मलाई हरिले निर्देशन गरेका हुन् । फिल्ममा विक्रम पुलिस अधिकारीको भूमिकामा देखिएका छन् । फिल्ममा उनका अलावा कीर्ति सुरेश, प्रभु गनेशन, बबी सिम्हा आदिको मूख्य भूमिका रहेको छ ।

फिल्मको सुटिङ नेपालमा समेत भएको छ तर काठमाण्डुमा छायाँकन गरिएको दृश्य भने ट्रेलरमा छैन् ।