रुसले युक्रेनबाट आफ्नो सेना फिर्ता बोलायो - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

रुसले युक्रेनबाट आफ्नो सेना फिर्ता बोलायो



काठमाडौं : युक्रेनको खेरसोन कब्जा गरेको रुसले त्यसको ९ महिनापछि आफ्नो सेना फिर्ता बोलाएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेना फिर्ताको आदेश दिएका हुन्। त्यहाँबाट निकालिएको सेनालाई खेरसोनकै निप्पेर नदीको पूर्वी तटीय क्षेत्रमा परिचालन गरिने रुसी सेनाका जनरल सर्गेई सुरोभिकिनले बताएका छन्। उनले खेरसोनमा अत्यावश्यक वस्तुको आपूर्ति असहज भएको भन्दै त्यहाँबाट सेना फिर्ता बोलाइएको बताएका हुन्।

खेरसोन रुसले कब्जा गरेको एक मात्र युक्रेनी क्षेत्रीय राजधानी हो। अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले खेरसोनबाट सेना फिर्ता गरिएको विषय ‘रुसको वास्तविक समस्याको उपज’ भएको टिप्पणी गरेका छन्। । यो चिसो याममा युद्धको रणनीतिमा रुसले केही फेरबदल गर्न सक्ने आफ्नो अपेक्षा रहेको समेत बाइडेनले बताएका छन्।

पछिल्लो समय रुसले युक्रेनी सेनाको प्रत्याक्रमणबाट ठूलो क्षति व्यहोर्दै आएको छ। रुसी मानवरहित विमानहरुलाई एकपछि अर्को गर्दै युक्रेनले क्षति पुर्‍याउन थालेपछि रुसी सेनाले खेरसोन छोड्न बाध्य भएको कतिपयको विश्लेषण छ।