रुसमाथि थप कारबाही: राष्ट्रसंघको मानवअधिकार परिषदबाट रूस निलम्बित - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

रुसमाथि थप कारबाही: राष्ट्रसंघको मानवअधिकार परिषदबाट रूस निलम्बित



काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा बिहीबार भएको मतदानमा रूसलाई संयुक्त राष्ट्र मानव अधिकार परिषद्बाट निकालिएको छ।

मतदानका क्रममा रूसको विपक्षमा ९३ र पक्षमा २४ मत परेको थियो। नेपालसहित ५८ देश मतदानमा तटस्थ बसेका थिए। युक्रेनको बुचा आक्रमणपछि आज संयुक्त राष्ट्रसंघको महासभाको बैठक बोलाइएको थियो।

परिषद्मा ४७ सदस्य राष्ट्रहरू छन्। यो सन् २००६ मा गठन भएको थियो। यसबाट बहिर्गमित हुने रूस दोस्रो देश हो।

लामो समयदेखि सत्तामा रहेका मोहम्मद गद्दाफीलाई सत्ताबाट हटाएपछि यसअघि सन् २०११ मा लिबियालाई यस परिषद्बाट निकालिएको थियो।