रुसको विद्यालयमा गोलीबारी- १५ जनाको मृत्यु - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

रुसको विद्यालयमा गोलीबारी- १५ जनाको मृत्यु



रुसको एक विद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु भएको छ।

पश्चिमी रुसको उदमुर्त गणतन्त्रको राजधानी इजेभस्कको शहरस्थित विद्यालयमा एक व्यक्तिले अन्धधुन्ध गोली प्रहार गर्दा ११ बालबालिकासहित १५ जनाको मृत्यु भएको हो।

घटनामा २२ बालबालिकासहित २४ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

समाचार एजेन्सी तासले रुसी अनुसन्धान समितिलाई उद्धृत गर्दै जनाएअनुसार गोली हान्ने व्यक्तिले दुईवटा पेस्तोल र ठूलो संख्यामा कारतूस ल्याएका थिए। उनले आक्रमणपछि आत्महत्या गरेका छन्।

समितिका अनुसार गोली हान्ने व्यक्ति स्नातक तहमा अध्ययनरत इजेभ्स्कको मूल निवासी आर्टेम काजान्त्सेभ हुन्।

अहिले सो विद्यालय खाली गराइएको छ। उदमुर्त गणतन्त्रका गभर्नरले सोमबारदेखि नै तीनदिने शोक घोषणा गरेका छन्।