विश्वकप फुटबल:रुसले गर्यो एक गोल - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

विश्वकप फुटबल:रुसले गर्यो एक गोल



रुसको मस्को शहरस्थित लुजनिकी रंगशालामा भएको विश्वकप फुटबलमा रुसले एक गोल गर्न सफल भएको छ ।

विश्वकप फुटबलको पहिलो खेलमा आयोजक राष्ट्र रुस र साउदी अरेबियाबीच भइरहेको छ ।

समूह ‘ए’मा परेका दुई राष्ट्रका लागि जित महत्वपूर्ण हुनेछ । विश्वकपमा हालसम्मका सबैभन्दा कमजोर टिम मानिएका दुई देशका लागि समूह चरण पार गर्न जित्नै पर्ने दबाब रहन्छ ।

साउदीले विश्व कप अघि खेलेका पाँच मैत्रिपूर्ण खेलमा दुई खेलमा जित निकाल्दा तीनमा युरोपियन जाइन्टसँग पराजित भएको थियो । साउदीले अल्जेरिया र ग्रिसलाई हराएको थियो भने इटाली, पेरु र जर्मनीसँग पराजित भएको छ । रुस गत वर्ष स्पेनलाई बराबरीमा रोक्दै दबाब दिंदा ब्राजिल, फ्रान्स र अस्ट्रियासँग पराजित भएको थियो ।