विश्वकप तयारीमा रुस र जापान पराजित - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

विश्वकप तयारीमा रुस र जापान पराजित



काठमाडौं । रुसमा अर्को महिना हुने विश्वकप फुटबलको तयारी स्वरुप खेलिएका अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलहरुमा रुस र जापान पराजित भएका छन् ।

काठमाडौं, जेठ १७ । रुसमा अर्को महिना हुने विश्वकप फुटबलको तयारी स्वरुप खेलिएका अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलहरुमा रुस र जापान पराजित भएका छन् ।

गएराति भएको खेलमा एसियन फुटबलको महारथी जापानलाई अफ्रिकी टोली घानाले २-० ले हरायो ।

यसैगरी विश्वकप आयोजक रुसलाई अष्ट्रियाले १-० ले निराश पार्‍यो ।

मैत्रिपूर्ण फुटबलकै अर्को खेलमा ईस्टोनियाले लिथुआनियालाई २-० ले हराउँदा मालावी र बोत्सवानाले गोलरहित बराबरी खेलेका छन् ।