कोरोनाका कारण रुपन्देहीकी एक महिलाको दुबईमा मृत्यु - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

कोरोनाका कारण रुपन्देहीकी एक महिलाको दुबईमा मृत्यु



काठमाडौं- कोरोना भाइरस संक्रमणबाट संयुक्त अरब एमिरेट्स (युएई) को दुबई सहरमा रुपन्देहीकी एक महिलाको मृत्यु भएको छ।

आबुधाबीस्थित नेपाली दूतावासका अनुसार ४० वर्षीय नेपाली महिलाको बर दुबईमा मृत्यु भएको हो।

मृतक महिलाको नेपाल ठेगाना रुपन्देहीको देवदह नगरपालिका वडा नं.५ प्रगतिबजार भएको बताइएको छ ।

भारतीयको घरमा घरेलु कामदारको रुपमा रहेकी उनी केही दिनदेखि अस्वस्थ थिइन्। एक दशकदेखि दुबई बस्दै आएकी उनको मृत्यु अगाडि कोरोना परीक्षण तथा उपचार भए—नभएको खुलेको छैन।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार युएइमा मंगलबारसम्म कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। २ हजार ७६ जना संक्रमित छन्।

नेपालीको रोजगार गन्तव्य युएईमा २ लाख ७५ हजार नेपाली छन्। अहिलेसम्म त्यहाँ ११ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ।

युएईमा सोमबार ३ नेपालीलाई कोरोना देखिएको थियो। व्यापक टेस्टका कारण एकै दिन धेरै संक्रमित संख्या देखिएको गल्फन्युजले उल्लेख गरेको छ।