रुपन्देहीको तेल चोरीकाण्डमा मुछिएका ३८ व्यवसायीलाई उच्च अदालतले दियो सफाई, चालक भने दोषी ठहर - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

रुपन्देहीको तेल चोरीकाण्डमा मुछिएका ३८ व्यवसायीलाई उच्च अदालतले दियो सफाई, चालक भने दोषी ठहर



मंसिर १४,रुपन्देही । रुपन्देहीको तेल चोरी काण्डको अभियोग लागेका पेट्रोलियम व्यवसायीले उन्मुक्ति पाएका छन्। २०७२ वैशाख १६ गते राष्ट्रिय सतर्कता केन्द्र र रुपन्देही प्रहरीले रुपन्देहीको पडसरी र मधवलियाबाट तेल भण्डारको भूमिगत ट्याङ्कीसहित ट्याङ्कर चालकलाई रंगेहात पक्राउ गरेको थियो।
उच्च अदालत तुल्सीपुर बुटवलका न्यायाधीशद्वय हरिकुमार पोखरेल र नाग्रेन्द्रलाभ कर्णको संयुक्त इजलासले जिल्लाको फैसला सदर गरेको उपरजिष्ट्रार नेत्रप्रसाद भुसालले जानकारी दिए।
पेट्रोलियम पदार्थ चोरी प्रकरणअन्तर्गत कालो बजारी गरेको अभियोगमा दायर मुद्धामा जिल्ला अदालत रुपन्देहीले विसं २०७३ साल जेठ १२ गतेको फैसलामा व्यवसायीलाई उन्मुक्ति दिएकोमा जिल्ला सरकारी वकिलको कार्यालयवाट पुनरावेदन गरिएको थियो।
रुपन्देहीका चर्चित व्यवसायी चोपनारायण श्रेष्ठलगायतका ३८ जना व्यवसायीले बुटवल ईजलासको बुधवारको फैसलासँगै अभियोगवाट मुक्ति पाएका छन्।
यो प्रकरणका अभियुक्तलाई चोरी, कालोबजारी, सम्पत्ति शुद्धिकरण, कर छलि र अख्तियार दुरुपयोग गरी पाँचवटा मुद्धा चलाइएको थियो।
सोही प्रकरणमा ५ जना टयांकर चालक भने दोषी ठहर भई जेल सजाय भोगिरहेका छन्।