रुपन्देहीको निर्वाचन रोचक बन्दै: बालकृष्ण खाण र विष्णु पौडेल एकै क्षेत्रमा भिड्दै - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

रुपन्देहीको निर्वाचन रोचक बन्दै: बालकृष्ण खाण र विष्णु पौडेल एकै क्षेत्रमा भिड्दै



बुटवल- आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन रुपन्देहीमा निकै रोचक बन्ने देखिएको छ । रुपन्देहीको क्षेत्र नम्बर २ बाट एमाले र कांग्रेसका दुई ठूला नेताहरू भिड्ने भएपछि चुनाव रोचक बन्न लागेको हो ।

एमालेका विष्णु पौडेलले निरन्तर जित्दै आएको क्षेत्रमा कांग्रेसका नेता बालकृष्ण खाँण पनि सिफारिस भएका छन् । प्रत्यक्षतर्फ गृहमन्त्री बालकृष्ण खाण र विष्णु पौडेल भिड्ने खबरले अहिले सामाजिक सञ्जाल तातेको छ ।

नेपाली कांग्रेस क्षेत्रीय समितिले गृहमन्त्री खाणसहित नेता युवराज गिरी र व्यवसायी चुन्नुप्रसाद पौडेलको नाम सिफारिस गरेको हो । खाण २०७४ को निर्वाचनमा समानुपातिकमा थिए । रुपन्देही-२ मा २०७४ सहित त्यसअघिका तीनवटा संसदीय चुनावमा एमाले नेता विष्णु पौडेलले जित्दै आएका छन् ।

कांग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले गृहमन्त्री खाण रुपन्देही ३ बाट पनि सिफारिस हुन सक्ने बताए । गिरी २०७४ को चुनावमा पौडेलसँग पराजित भएका थिए ।

चुन्नुप्रसाद पौडल निजी अस्पताल, चाउचाउ, हाउजिङ, होटेल र सुर्तीलगायत उद्योगका सञ्चालक हुन् ।

यस्तै रुपन्देही ४ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा कांग्रेसले प्रमोद यादवलाई एकल सिफारिस गरेको छ । उनी २०७४ को चुनावमा निर्वाचित भएका थिए ।