रुपन्देहीमा कार र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

रुपन्देहीमा कार र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु



बुुुटवल । रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल एक-आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत बुधबार सैनामैना सोरौलीमा बा १६ च ८०१६ नम्बरको (हाइलक्स) कार र से ४ प ७७७५ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नंं ८ बस्ने तिलक सुनार रहेको र अर्का एक जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।